टोकियो ओलम्पिक : विश्व कीर्तिमानसहित ड्रेसलले जिते चौथो स्वर्ण


१७ श्रावण २०७८, आईतवार
caeleb dressel omjiRI2Qbp

काठमाडौं, १७ साउन । अमेरिकी पौडीबाज काइलेब ड्रेसलले विश्व कीर्तिमान कायम गर्दै टोकियो ओलम्पिकमा चौथो स्वर्ण पदक जितेका छन् । आइतबार भएको ५० मिटर फ्रिस्टाइलमा २४ वर्षीय काइलेब ड्रेसलले २१.०७ सेकेण्डमा दूरी पार गरेका हुन् ।

उनले ब्राजिलका सेलार सेएलोको नाममा रहेको २१.३० सेकेण्डको ओलम्पिक कीर्तिमान तोडेका हुन् । फ्रान्सका फ्लोरेन्ट मानाउडोले २१.५५ सेकेण्डमा दूरी पार गर्दै रजत र ब्राजिलका ब्रुनो फ्रातुसले २१.५७ सेकेण्डमा दूरी पुरा गर्दै काँस्य जिते ।

काइलेब ड्रेसलले व्यक्तिगत स्पर्धामा तीन र समूह स्पर्धामा एक गरी चारस्वर्ण पदक जितेका हुन् । ड्रेसलले यसअघि चार गुणा सय मिटर फ्रिस्टाइल, १ सय मिटर फ्रि स्टाइल र १ सय मिटर बटर फ्लाइमा स्वर्ण जितिसकेका छन् । १ सय मिटर फ्रिस्टाइलमा उनले ओलम्पिक कीर्तिमानसहित स्वर्ण जितेका उनले १ सय मिटर बटरफ्लाइमा नयाँ विश्व कीर्तिमान कायम गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७