आफ्नै भाइको हत्या


१७ श्रावण २०७८, आईतवार
pakrau
फाइल फोटो

बाँके, १७ साउन । बाँकेमा कुटपिट गरी भाइको हत्या गरेको आरोपमा दाजु पक्राउ परेका छन् । आफ्नै भाइ ३८ वर्षीय गणेश सुनारको कुटपिट गरी हत्या गरेको आरोपमा खजुरा गाउँपालिका–२ एल गाउँ बस्ने ४० वर्षीय गुमान सुनारलाई प्रहरीले पक्राउ गरेको हो ।

मादक पदार्थ सेवन गरी उनीहरुबीच भएको सामान्य विवादमा गुमानले शुक्रबार राति कुटपिट गर्दा घाइते भइ घरमै बसेको अवस्थामा गणेशको मृत्यु भएको खुलेको छ । ईलाका प्रहरी कार्यालय धनौली र प्रहरी चौकी राधापुरबाट खटिएको प्रहरीले कुटपिट गर्ने गुमानलाई पक्राउ गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७