सनी लियोनीले किन गरिन् राम कपुरको प्रशंसा ?


२० फाल्गुन २०७४, आईतवार
Sunny Leoneno

काठमाण्डौं, २० फागुन : बलिउड नायिका सनी लियोनीले अभिनेता राम कपुरको प्रशंसा गरेकी छन् । हालै सनीले राम कपुरसँग ‘कमेडी हाई स्कुल’ को सुटिङ गरेकी थिइन् । सुटिङपछि सनीले राम कपुर धेरै असल र ‘सेन्स अफ ह्युमर’ राम्रो भएको मान्छे बताएकी छन् ।Sunny Leoneno

सनीले सोको दुई भागमा सुटिङ गरेकी छन् । राम यस सोमा होस्ट छन् । सनीले कमेडी हाई स्कुलको सुटिङ निकै रोमाञ्चक भएको पनि बताएकी छन् । राम कपुरले निकै हँसाएको बताउँदै भनेकी छन्, ‘रामले यति हँसाए कि, म सुटिङमा छु जस्तै लागेन ।’ रामले पनि सनीसँग सोको दुई भाग सुटिङ गर्दा आफू निकै उत्साहित भएको बताएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७