दार्चुलामा नेपालीमाथि भारतीय पक्षको व्यवहार अमानवीय, आपति जनाऊ : माओवादी केन्द्र


१७ श्रावण २०७८, आईतवार
maobadi kendra

काठमाडौं, १७ साउन । सत्ता पक्षीय नेकपा माओवादी केन्द्रले दार्चुलामा भारतीय सुरक्षाकर्मीले तुइन काटेको घटनालाई अमानवीय व्यवहारको संज्ञा दिएको छ ।

एसएसबीले तुइन काटिदिएपछि महाकाली नदीमा बेपत्ता भएका नेपाली जयसिंह धामीबारे सत्यतथ्य छानविन गर्न पनि माओवादीले सरकारसँग माग गरेको छ । माओवादी केन्द्रले तुइनको लठ्ठा फुस्काई दिँदा नेपाली नागरिक महाकाली नदीमा खसेको घटनालाई लिएर भारतसँग गम्भीर आपत्ति जनाउन सरकारसँग माग गरेको छ ।

माओवादीको बसेको स्थायी कमिटी बैठकले भारतीय सुरक्षाकर्मीले गरेको अमानवीय व्यवहारको छानविन गर्नुपर्ने निर्णय गरेको हो । दार्चुलामा नेपालीमाथि भइरहेको ज्यादतीलाई लिएर सत्तारुढसहितका दलहरुले विरोध जनाइरहेका छन् । तर भारतीय पक्षले आफ्नो संलग्नता अस्वीकार गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७