साउन ३० भित्र वडा कमिटी बनाउन माओवादी केन्द्रको निर्देशन


१७ श्रावण २०७८, आईतवार
Mao

काठमाडौं, १७ साउन । नेकपा माओवादी केन्द्रले साउन ३० गतेभित्र वडा कमिटीहरु गठन गर्न निर्देशन दिएको छ । बैठकले सबै वडामा कमिटी गठन गरेर त्यसको रिपोर्ट ल्याउन केन्द्रीय समिति सदस्यहरुलाई निर्देशन समेत दिएको छ ।

आज (आइतबार) पार्टी कार्यालय, पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले २० साउनमा बोलाइएको केन्द्रीय कमिटी बैठकलाई १० दिनपछि सारेको छ । त्यस्तै बैठकमा पछिल्लो राजनीतिक समसामयिक विषयमा पनि छलफल भएको बताइएको छ ।

माओवादी केन्द्रले सरकारमा जाने मन्त्रीको नाम सोमबार मात्रै टुंगो लगाउने भएको छ । आज बसेको स्थायी कमिटी बैठकमा प्रारम्भिक छलफल भए पनि अन्तिम टुंगो भने भोलि मात्रै लाग्ने जनाएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा कांग्रेस र माओवादीका दुई-दुई सांसद यसअघि मन्त्री बनिसकेका छन् । गठबन्धनबाट सरकारमा सहभागी हुने थप मन्त्रीको टुंगो लगाउन भने बाँकी नै छ । जसले गर्दा देउवा सरकारको मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७