२,५६८ कोरोना संक्रमित थपिए, २,०२० जना निको, १८ को मृत्यु


१७ श्रावण २०७८, आईतवार
korona

काठमाडौं, १७ साउन । नेपालमा पछिल्लो २४ घण्टामा २,५६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,४०२ पीसीआर परीक्षणमा १,९८१ र ४२३४ एन्टिजेन परीक्षणमा ५८७ जना गरी २,५६८ जनामा संक्रमण पुष्टि भएको हो । यही अवधिमा थप २ हजार २० जना निको भएका छन् भने १८ जनाको मृत्यु भएको छ ।

आइतबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ९७ हजार ३७० पुगेको छ । तीमध्ये ९,८७५ जनाको मृत्यु भएको छ भने ६ लाख ५६ हजार १९७ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार २९८ जना छन् । जसमध्ये २८ हजार ६३ जना होम आइसोलेसनमा छन् भने ३,२३५ जना संस्थागत आइसोलेसनमा छन् । कोरोनाका बिरामीमध्ये ६७७ जना आईसीयू र १६९ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७