वीर अस्पतालमा स्वास्थ्यकर्मी र प्रहरीबीच झडप


१७ श्रावण २०७८, आईतवार
bir hospital 1

काठमाडौं, १७ साउन । वीर अस्पतालमा स्वास्थ्यकर्मीले गरेको प्रदर्शनका क्रममा प्रहरी र स्वास्थ्यकर्मीबीच झडप हुँदा चार प्रदर्शनकारी घाइते भएका छन् । अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतमविरुद्ध प्रदर्शनमा उत्रिएका स्वास्थ्यकर्मीमाथि प्रहरीले लाठीचार्ज गरेको हो ।

घाइतेहरूको अवस्था गम्भीर नरहेको र इमर्जेन्सीमा उपचार भइरहेको आन्दोलन कमिटीका संयोजक दीपक मुडबारीले बताए ।
वीर अस्पतालमा कोभिड युनिफाइड अस्पतालको प्रमुख प्रशासकीय अधिकारी डा. गौतम नियुक्त भएको लामो समयसम्म पनि कुनै परिवर्तन नभएको भन्दै कर्मचारीहरू आन्दोलनमा उत्रिएका थिए ।

मुडबारीका अनुसार प्रदर्शन चलिरहँदा डा. गौतम अस्पतालबाट बाहिरिएका थिए । प्रदर्शनकारी थप आन्दोलनको तयारी गरेका छन् । गौतम आएपछि अस्पतालको सेवामा कुनै सुधार नभएको बरु आर्थिक अनियमितता भएको भन्दै स्वास्थ्यकर्मी र कर्मचारी प्रदर्शनमा उत्रिएका हुन् ।

उनीहरुले आठ महिनादेखि कोभिड–१९ जोखिम भत्ता लगायतका विभिन्न भत्ता नपाएको पनि बताएका छन् । आठ महिनादेखि रोकिएको सेवा विस्तार भत्ता, औषधि उपचार भत्ता, कोभिड–१९ जोखिम भत्ता नपाएको कर्मचारीहरुले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७