माओवादी केन्द्रको स्थायी कमिटी वैठक बस्दै, सरकारमा पठाउने मन्त्री टुंगो लगाउला ?


१८ श्रावण २०७८, सोमबार
Mao

काठमाडौं, १८ साउन । सत्ता पक्षीय नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज (सोमबार) बस्दै छ । आजको बैठकले माओवादी केन्द्र सरकारमा पठाउने मन्त्रीको टुंगो लगाउने बताइएको छ ।

‘पार्टीले आज माओवादीका तर्फबाट मन्त्री टुंगो लगाएर भोलिसम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी रहेको छ’, माओवादी केन्द्रका एक स्थायी कमिटी सदस्यले भने । आइतबारको स्थायी कमिटी बैठकपछि प्रवक्ता नाराणकाजी श्रेष्ठले नेकपा एमालेको माधव नेपाल समूहले सरकारमा जाने–नजाने निर्णय गर्न केही समय पर्खन भनेकाले ढिलाइ भएको र अब छिट्टै मन्त्रिपरिषद् विस्तार हुने बताएका थिए ।

आइतबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माधवकुमार नेपाल पक्ष तत्काल सरकारमा सहभागी हुने सम्भावना नदेखिएको ‘बिफ्रिङ’ गरेका थिए । त्यसैले अब मन्त्रालय भागबण्डा गरेर सरकारलाई पूर्णता दिने पक्षमा माओवादी केन्द्र पुगेको हो । त्यसैले आजको बैठकले माओवादी केन्द्रले सरकारमा पठाउने मन्त्रीको टुंगो लगाउने नेताहरुले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७