अफगानिस्तानको कान्दाहार बिमानस्थलमा तालीवानी बिद्रोहीद्वारा रकेट हमला


१८ श्रावण २०७८, सोमबार
rocket

काठमाडौं, १८ साउन । अफगानिस्तानको कान्दाहार बिमानस्थलमा तालीवानी बिद्रोहीले रकेट हमला गरेको छ । बिमानस्थल लक्षित गरी गरिएको रकेट हमलापछी सम्पूर्ण हवाई उडानहरु रद्द गरिएका छन् ।

तालीवानी बिद्रोहीले गरेको तीन वटा रकेट प्रहार कान्दाहारको बिमानस्थलको रनवेमा खसेको बुझिएको छ । हवाई उडान रद्द भएपछि सयौं यात्रु अलपत्र परेका छन् । अफगानिस्तानको तीन मुख्य शहरहरु हेरात, लश्कर गाह र कान्दहार कब्जा गर्ने क्रममा ती शहरहरुमा प्रवेश गरेका तालीवानी बिद्रोही र अफगानी सेनाबीच संघर्ष जारी रहेकै बेला बिमानस्थलमा रकेट हमला गरिएको हो ।

सो बिमानस्थल कब्जा गर्ने उद्देश्यका साथ रकेट आक्रमण हुन थालेपछि अफगान सरकार थप मारमा परेको छ । अफगानिस्तानको मुख्य शहरका रुपमा परिचित कान्दाहारलाई तालीवानी बिद्रोहीले बिगत तीन सातादेखि निशानामा पार्दै आएको छ ।

अफगाानिस्तानबाट अमेरिकी सेना फिर्ता भएपछी तालीवानी गतिबिधी तीब्र हुन थालेको हो । पछिल्लो समय भएको तालीवानी हमलाका कारण सयौं सर्वसाधारण पलायन हुन थालेका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७