कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र निःशुल्क दिनू : स्वास्थ्य मन्त्रालय


१८ श्रावण २०७८, सोमबार
health

काठमाडौं, १८ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्धको खोप लगाएको प्रमाण पत्र निःशुल्क दिन सम्बन्धित निकायलाई निर्देशन दिएको छ । मन्त्रालयले आइतबार एक सूचना जारी गारी गरी यस्तो निर्देशन दिएको हो ।

मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक भीमप्रसाद सापकोटाले जारी गरेको सूचनामा खोप लगाएको प्रमाणपत्र दिँदा केही अस्पतालहरुले शुल्क लिने गरेको भन्दै त्यसो नगर्न निर्देशन गरिएको छ । वैदेशिक रोजगारी एवं अन्य कामको सिलसिलामा अन्तर्राष्ट्रिय यात्रा गर्नेले कोरोनाविरुद्धको खोप लगाएको प्रमाण पत्र पेस गर्नुपर्ने नियम छ ।

‘खोप लगाएको प्रमाणीकरण निःशुल्क गर्न साउन ७ गतेको सचिवस्तरको निर्णयअनुसार निर्देश भइसकेकोमा केही अस्पतालले शुल्क लिएको जनगुनासो प्राप्त भएकाले कोभिड १९ विरुद्धको खोप लगाएको प्रमाणीकरण कार्य निःशुल्क गर्नु गराउनु हुन निर्देशन अनुसार अनुरोध छ,’ सूचनामा भनिएको छ ।

mantralaya covid vaccination free vacination 0182021122431 1000x0 1 6d6rAkat9h

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७