छिन्नमस्ता मन्दिरबाट चोरी भएको चाँदीको मुकुट भेटियो, एक जना पक्राउ


१८ श्रावण २०७८, सोमबार
saptari NoF0IgNmF8

सप्तरी, १८ साउन । सप्तरीको प्रसिद्ध छिन्नमस्ता सखडेश्वरी शक्तिपीठबाट चोरी भएको भगवतीको चाँदीको मुकुट (मस्तक) सहित एक व्यक्ति पक्राउ परेका छन् ।

आइतबार राति ७ बजे मन्दिरबाट भगवतीको चाँदीको मुकुट चोरी भएको थियो । रातभरीको व्यापक खोजतलास पश्चात सोमबार बिहान चोरसहित मुकुट बरामद गरिएको प्रहरीले जनाएको छ । मुकुट चोरीमा संलग्न भएको आरोपमा प्रहरीले सप्तरीको विष्णुपुर गाउँपालिका–५ बस्ने राजेशकुमार मण्डललाई पक्राउ गरेको छ ।

मन्दिरबाट भगवतीको मुकुट चोरी भएपछि खोज तलासका लागि व्यापक मात्रामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । चोरिएको मुकुट भारत लैजान नपाउन भनेर प्रहरीले सप्तरीका भारत प्रवेश गर्ने नाका गए रातिदेखि नै बन्द गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७