कति मूल्यका हुन्छन् ‘ओलम्पिक मेडल’ ?


१८ श्रावण २०७८, सोमबार
how much is olympic medal worth1627872967

काठमाडौं, १८ साउन । खेलाडीहरु यतिबेला टोकियो २०२० ओलम्पिक्समा आफ्नो नाम इतिहासमा लेखाउन र साथै आफूसँग एउटा भए पनि ओलम्पिक मेडल घर ल्याउन प्रतिस्पर्धा गरिरहेका छन् । चाहे त्यो गोल्ड, सिल्भर होस् या ब्रोन्ज, ओलम्पिक मेडल भन्नासाथ सबै खोलाडीका लागि यो अत्यन्तै अमूल्य सम्पदा मानिन्छ ।

बेलायतकी पूर्व खेलाडी केली सोथरटनले २००४ र २००८ को ओलम्पिकमा दुई वटा ब्रोन्ज जितेकी थिइन् । यसबारे सीएनएनसँग कुरा गर्दै उनले आफ्ना ती मेडल मिहिनेत र कठोर परिश्रमको सम्झाना भएको बताइन् । उनी भन्छिन्, ‘म कुनै पनि कारणले कहिल्यै ती मेडल बेच्न चाहन्न । यी मेरा लागि अत्यन्तै मूल्यवान् छन् ।’

उनले आफ्ना मेडलहरु फ्रेममा नभएर सजिलै निकाल्न सकिने ठाउँमा राख्ने गरेको पनि बताइन् । उनी भन्छिन्, ‘कहिलेकाहिँ ती मेडल यसो झिकेर लगाउँदा मलाई एकदम खुसी अनि राम्रो महसुस हुन्छ ।’ ओलम्पिक मेडलका डिजाइन हरेकचोटी फरक बनाइएका हुन्छन् । गोल्ड, सिल्भर र ब्रोन्ज सबैको ‘डाएमिटर’ ८५ मिलिमिटरको हुन्छ भने यसको मोटाइ ७.७ एमएम देखि १२.१ एमएमसम्मको हुन्छ ।

गोल्ड मेडल वास्तवमा सुनको जलप लगाइएको शुद्ध चाँदिले बनाइएको हुन्छ । यसको कूल तौल ५५६ ग्राममा ६ ग्राम सुन हुन्छ । त्यस्तै सिल्भर मेडल पनि शुद्ध चाँदीले बनेको हुन्छ र यसको तौल ५५० ग्रामको हुन्छ । ब्रोन्ज मेडल झन्डै ४५० ग्रामको हुन्छ र यसलाई ९५ प्रतिशत तामा र ५ प्रतिशत जिंक धातुले निर्माण गरिएको हुन्छ ।

आजको मूल्यमा गोल्ड मेडललाई पगाल्यो भने त्यसलाई करिब ८०० डलर पर्नेछ । त्यस्तै सिल्भर मेडल ४५० डलर र ब्रोन्ज ५ डलर बराबर रकमको हुनेछ ।

केही समय अगाडि १८९६ को एथेन्स ओलम्पिक्सका विजेताले आफ्नो मेडल १ लाख ८० हजार डलरमा लिलामीमा राखेका थिए । त्यस्तै लन्डन ओलम्पिक्सका विजेता लेउरिस पुपोले आफ्नो गोल्ड मेडल ७३ हजार २०० डलरमा बिक्री गरेका हुन् । त्यस्तै सिड्नी २००० मा लङ जम्पका विजेता इभान पेड्रोसोले पनि आफ्नो गोल्ड मेडल ७१ हजारमा बिक्री गरेका थिए ।

अहिलेसम्मकै सबैभन्दा धेरैमा बिक्री भएको गोल्ड मेडल चाहिँ जेसी ओवेन्सको रहेको छ । उनको १९३६ को बर्लिन ओलम्पिक्समा प्राप्त मेडल, २०१३ मा १४ लाख ६० हजार डलरमा बिक्री भएको थियो ।

तर, अधिकांश खेलाडीहरुले ओलम्पिक मेडल त्यसरी बिक्रीमा राख्दैनन् । यसलाई एमदम दुर्लभ मानिने बाल्डविन अक्सन हाउसका रिचर्ड ग्लेडल बताउँछन् । उनका अनुसार कसैले लिलामीमा आफ्नो मेडल राख्दैछ भने त्यसका पछाडि परोपकारी कारण हुने गर्दछ । सीएनएन

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७