बागलुङमा बस दुर्घटना, ११ जना घाइते


१८ श्रावण २०७८, सोमबार
accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

बागलुङ, १८ साउन । बागलुङमा आज (सोमबार) बिहान यात्रुवाहक बस दुर्घटनामा परेको छ । मध्यपहाडी राजमार्गको गलकोट नगरपालिका–१, सौराहमा काठमाडौंबाट बुर्तिवाङतर्फ जाँदै गरेको बा ५ ख १५५३ नम्बरको रात्रि बस ‘ब्रेक फेल’ भई सडकको भित्तामा ठक्कर खाँदा ११ जना घाइते भएका छन् ।

घाइते सबै सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए । बसमा सवार चालकसहित २२ जनामध्ये ११ जना घाइते भई उपचारका लागि धौलागिरि अस्पताल बागलुङ ल्याइँदै छ । सवारी चालक गलकोट–१ काफलवुटा बस्ने ५२ वर्षीय चित्रबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७