मन्त्री छान्न बोलाइएको माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित


१८ श्रावण २०७८, सोमबार
Perishdanda 2

काठमाडौं, १८ साउन । सरकारमा जाने मन्त्रीहरुको नाम टुङ्गो लगाउन आज (सोमबार) का लागि बोलाइएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ । आज ३ बजेका लागि बोलाइएको बैठक नेताहरुको व्यस्तताको कारणले देखाउदै स्थगित भएको जनाइएको छ ।

आज पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकले पार्टीबाट सरकारमा सहभागि हुने मन्त्रीहरुको नाम टुंग्याउने बताइएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादीबाट यसअघि अर्थमन्त्रीमा जनार्दन शर्मा र ऊर्जा मन्त्रीमा पम्फा भुसाल सहभागी छन् । बाँकी पाँच जना मन्त्रीहरुको टुंगो आज लाग्ने माओवादी स्रोतको दावी छ ।

माओवादीको स्थायी कमिटी बैठक हिजो पनि बसेको थियो । उक्त बैठकले केन्द्रीय कमिटी बैठक १० दिन पर सार्दै साउन ३० मा बोलाउने निर्णय गरेको छ । उक्त मितिसम्ममा देशैभर वडा कमिटी गठन गरिसक्न पार्टीपंक्तिलाई निर्देशन समेत दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७