बालुवाटारमा सत्तारुढ कार्यदलको बैठक, नेपाल पक्ष अनुपस्थित


१८ श्रावण २०७८, सोमबार
purna bahadur khadka team kuKQDOSK2c

काठमाडौं, १८ साउन । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ पाँच दलीय गठबन्धनको सरकारलाई सघाउन गठित कार्यदलको बैठक जारी छ । बिहान साढे ११ बजेपछि बसिरहेको बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका प्रतिनिधि सहभागी छन् ।

हिजोको बैठकमा सहभागी एमालेको माधवकुमार नेपाल पक्ष भने आजको बैठकमा अनुपस्थित छ । हिजोको बैठकमा नेता नेपालले आफ्नो प्रतिनिधिका रुपमा विजय पौडेललाई पठाएका थिए । तर प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयका अनुसार आजको बैठकमा नेपाल पक्षका कोही उपस्थित छैनन् ।

पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलको बैठकमा सरकारको न्यूनतम् साझा कार्यक्रममाथि छलफल भइरहेको छ । पाँच दलले साझा कार्यक्रम तय गरेर सरकारलाई प्रभावकारी बनाउने योजना ल्याएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७