लुम्बिनीमा बहुमतको सरकार गठनको माग गर्दै ४१ सांसदको निवेदन


१८ श्रावण २०७८, सोमबार
Lumbini prov

बुटवल, १८ साउन । लुम्बिनीमा विपक्षी दलले संविधानको धारा १६८ (२) अनुसारको सरकार गठनको आह्वानका लागि प्रदेश प्रमुखालाई निवेदन दिएका छन् । आज (सोमबार) नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले प्रदेश प्रमुख अमिक शेरचनालाई निवेदन दिएका हुन् ।

‘हामीले धारा धारा १६८ (२) अनुसारको सरकार गठन आह्वानको लागि निवेदन दियौं । सरकारको नियुक्ती र सपथ धारा १६८ (१) अनुसार थियो । प्रदेश सरकारले वैधता गुमाइसक्यो । त्यसैले २ अनुसारको सरकार गठनको आह्वानका लागि निवेदन दिएका छौं’, कांग्रेसका सचेतक फखरुद्धीन खानले भने । लुम्बिनीका मुख्यमन्त्री शंकर पोखेरलले अल्पमतमा पर्दा पनि राजीनामा नदिएको भन्दै विपक्षी दलले आक्रोश पोख्दै आएका छन् ।

नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कुमार कनौडिया, नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता कुलप्रसाद केसी, जनता समाजवादी पार्टी संसदीय दलका नेता सहसराम यादव र राष्ट्रिय जनमोर्चाकी संसदीय दलकी नेता तारा जिसीले संविधानको धारा १६८ (१) अनुसार एकल बहुमतको मुख्यमन्त्री नियुक्त भएका शंकर पोखरेलले बहुमत गुमाएको भन्दै दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमतको सरकार गठनको आह्वान गर्न माग गरेका हुन् ।

निवेदनमा प्रदेशसभामा हाल कायम रहेका ८० सांसदमध्ये नेपाली कांग्रेसका १९ जना, माओवादी केन्द्रका १८ जना (सभामुख वाहेक), जनता समाजवादी पार्टीका ३ जना र राष्ट्रिय जनमोर्चाका १ जना गरी ४१ जनाको हस्ताक्षर छ । गत वैशाख ६ गते नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि विपक्षी दलले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।
हेर्नुस् निवेदन

l
l1
l2
l3

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७