ऋणमा परेका धुर्मुस–सुन्तलीलाई सानिमा बैंकको २१ लाख सहयोग


२० फाल्गुन २०७४, आईतवार
dhurmus

काठमाण्डौं, २० फागुन : सामाजिक काममा सक्रिय हाँस्य कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेको (धुर्मुस–सुन्तली फाउण्डेसन) लाई सानिमा बैंकले २१ लाख रुपैंयाँ सहयोग गरेको छ ।dhurmus

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत धुर्मुस–सुन्तली फाउण्डेसनलाई २१ लाख रुपैयाँ सहयोग गरेको जनाएको छ । भूकम्पपीडित एवम् मुसहर बस्ती निर्माण गरिसकेर पछिल्लो पटक सन्तपुरमा बाढीपीडितका लागि बस्ती (सन्तपुर एकीकृत नमुना बस्ती) निर्माण गरी माघ २३ मा उक्त बस्ती एक समारोहकाबीच हस्तान्तरण गरिएको थियो । उक्त बस्ती निर्माणमा अपुग भएको खर्च, सानिमा बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत फाउण्डेसनलाई २१ लाखको सहयोग गरेको छ ।

बैंकका सञ्चालक तुकप्रसाद पौडेलले एक कार्यक्रमबीच सो रकमको चेक हस्तान्तरण गरेका छन् । हस्तान्तरण समारोहमा धुर्मुस–सुन्तली फाउण्डेसनको कार्यलाई सरहाना गर्दै सानिमा बैंक पनि जोडिन पाउँदा खुशी लागोको पनि उनले बताए । कार्यक्रममा बोल्दै सीताराम कट्टेलले उक्त बस्ती अनुमानित समय भन्दा चाँडै र अनुमानित लागतभन्दा कम लागतमै सकिएको बताउँदै बैंकिङ क्षेत्रबाट अहिलेसम्मको सबैभन्दा ठूलो धन राशी सहयोग गरेकोमा बैंकलाई धन्यवाद दिएका छन् ।

केही रकमको प्रतिबद्घता आइसकेको जानकारी दिँदै उनले यो रकमसँगै सो बस्ती निर्माणमा अपुग रकम जुटेको कुरा बताए । त्यसैगरी श्रीमती कुञ्जना घिमिरेले फाउण्डेसनलाई विश्वास गरेकोमा धन्यवाद दिँदै यो सहयोग बैंकले गरेको सम्मानका रूपमा लिएको बताइन् । बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहालले सन्तपुर बस्ती परियोजना समय सीमाभित्रनै सम्पन्न गरी हस्तान्तरण गरेको सन्दर्भमा बैंंकले कुशल व्यवस्थापनका पाठ सिक्नुपर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७