‘संगीत चोर्नमा अनु मलिकलाई स्वर्ण पदक दिनुपर्छ’


१८ श्रावण २०७८, सोमबार
Anu Malik

काठमाडौं, १८ साउन । भारतीय चर्चित संगीतकार अनु मलिकलाई संगीत चोरीको आरोप लागेको छ । जसका कारण उनी ट्वीटरको ट्रेनिङमा छन् । फिल्म ‘दिलजले’ को एक गीतको संगीत उनले इजरायलको राष्ट्रिय गीतबाट लिएको पाइएको छ ।

आइतबार इजरायलले टोकियो ओलम्पिकमा दोस्रो स्वर्ण पदक जितेको थियो । सो अवसरमा खेलाडीको सम्मानमा राष्ट्रिय गान बजाइएको थियो । उक्त गीतको धुन फिल्म ‘दिलजले’ को गीत ‘मेरा मुल्क मेरा देश’ सँग मिल्दो पाइएको हो । सामाजिक प्रयोगकर्ताले ‘दिलजले’ उक्त गीतको संगीत इजरायलको राष्ट्रिय गान चोरी भएको आरोप मलिकलाई लगाएका छन् ।

मलिक बलिउडका चर्चित संगीतकारको अलवा इण्डियन आइडल–१२ का जर्ज पनि हुन् । संगीत चोरीको कारणले उनी सामाजिक सञ्जाल प्रयोगकर्तादेखि ट्रोलसम्मको निशाना बनिरहेका छन् । भारतका ट्वीटर प्रयोगकर्ताले संगीत चोर्नमा अनु मलिकलाई स्वर्ण पदक दिनुपर्छ भनेर ट्रोल गरिरहेका छन् ।

यसअघि मलिकले पाकिस्तानी चर्चित संगीतकार तथा गायक नुस्रत फते अलि खानको गीतहरुको संगीत चोरी गरेको प्रसस्त उदाहरणहरु छन्। मलिकलाई संगीत चोरीको आरोप लागेको यो पहिलो भने होइन । यस अगाडि पनि उनलाई यस्तो आरोप लागेको थियो । मिटु आन्दोलनको दौरानमा उनलाई यौन शोषणको आरोप पनि लगाइएको थियो । सोही कारण उनी इण्डियन आइडलबाट बाहिर भएका पनि थिए ।

(इजरायलको राष्ट्रिय गान र अनु मलिकले संगीत चोरी गरेको गीत)


(मलिकले चोरी गरेका अन्य गीतहरु)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७