मनसुनजन्य विपद : जेठ महिनायता ६७ जनाको गयो ज्यान, ४० बेपत्ता


१८ श्रावण २०७८, सोमबार
Melamchi flood 1

काठमाडौं, १८ साउन । यस वर्षको मनसुनजन्य विपदबाट जेठ महिनायता ६७ जनाको ज्यान गइसकेको छ । ४० जना बेपत्ता भएका छन् । सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै गृहमन्त्री बालकृष्ण खाँणले मनसुनजन्य विपद्बाट यो वर्ष ८१ जना घाइते भएको बताए ।

विपद्बाट सिन्धुपाल्चोक, मनाङ, गोरखा, लमजुङ, कास्कीलगायत ५५ जिल्ला प्रभावित भएको उनले बताए । विभिन्न ४० जिल्लामा ६१९ निजी घर पूर्ण क्षति, १६२ वटा घरमा आंशिक क्षति भएको पनि उनले उल्लेख गरे । उनले असार १ गते मेलम्ची, इन्द्रावती, याङ्ग्री र लार्केमा आएको बाढीमा परी ५ जनाको मृत्यु, २० बेपत्ता र ६ जना घाइते भएको बताए ।

३३८ घर पूर्ण रुपमा क्षति भएको, ७ वटा पुल, १४ वाट झोलुङ्गे पुल, एक माछा फार्म र ३२ वटा सरकारी भवन र मेलम्ची खानेपानी आयोजनाको समेत क्षति उनले जानकारी दिए । उक्त क्षेत्रमा पुनर्निर्माणका विभिन्न कामहरु सुरु हुन लागको पनि मन्त्री खाँणले जानकारी दिए । प्राकृतिक विपत्तिबाट केही असहजता देखिएको भन्दै ती चुनौती सामना गर्नका लागि सरकार प्रतिबद्ध रहेको गृहमन्त्री खाँणको भनाइ थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७