लुम्बिनीकी प्रदेश सांसद वली फेरि एमालेमै फर्किइन्


१८ श्रावण २०७८, सोमबार
Bimala Khatri Oli

बुटवल, १८ साउन । लुम्बिनी प्रदेशसभा सांसद विमलाकुमारी खत्री वली फेरि नेकपा एमालेमै फर्किएकी छिन् । आज (सोमबार) एक विज्ञप्ति प्रकाशित गर्दै उनले आफूले सूर्य चिन्ह्बाट निर्वाचनमा प्रतिस्पर्धा गरी विजय हासिल गरेको भन्दै एमालेमै फर्किएको बताएकी छिन् । तत्कालीन नेकपाबाट प्रदेशसभा सदस्य निर्वाचित उनले एमाले र माओवादी ब्युँतिएपछि माओवादी केन्द्र रोजेकी थिइन् ।

‘मैले सूर्य चिन्ह्बाट चुनाव जितेको र अहिले सूर्य चिन्ह् एमालेको रहेकाले एमाले छाडेर माओवादी रोज्ने कुरा पनि कानुनी रुपमा ठीक नभएकाले एमालेमै रहेको स्पष्ट पार्न चाहन्छु’ विज्ञप्तीमा भनेकी छिन्, ‘नेकपा एमाले र माओवादी केन्द्र एकता भएपछि नेकपाको चुनाव चिन्ह्बाट म चुनावमा उम्मेद्वार भएको हो । पार्टी विभाजनपछि म नेकपा एमाले संसदीय दलको बैठकमा उपस्थित भएको र पार्टी एक दाङ जिल्ला कमिटी सदस्यको हैसियतले समेत बैठकमा सहभागी भएकाले कुनै भ्रममा नपर्नु हुन सबैमा आग्रह गर्दछु ।’

दाङ निर्वाचन क्षेत्र नम्बर–३ ‘ख’ बाट निर्वाचित उत्तरकुमार वलीको मृत्यु भएपछि उनकी पत्नी विमला उपनिर्वाचनमा विजयी भएकी थिइन् । उनी नेकपा एमालेमा फर्किएपछि ८० सदस्यीय प्रदेशसभामा नेकपा एमालेको सांसद संख्या ३९ पुगेको छ ।

प्रदेशसभामा नेपाली कांग्रेसका १९ जना, माओवादी केन्द्रका १९ जना (सभामुख समेत), जनता समाजवादी पार्टीका ३ जना र राष्ट्रिय जनमोर्चाका १ जना सांसद रहेका छन् । विमला एमालेमा फर्किएपछि विपक्षी गठबन्धनलाई सरकार गठनका लागि प्रदेशसभाको बहुमत नपुग्ने देखिएको छ ।

Bimala kumari oli aZWUk9s0uX
Bimala kumari oli 1 UqI4a5Kkjo

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७