टेकु अस्पतालमा कोभिड खोप कार्यक्रम स्थगित


१८ श्रावण २०७८, सोमबार
teku

काठमाडौं, १८ साउन । राजधानीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगन गरिएको छ । अस्पताल प्रशासनले आइतबार एक सूचना निकालेर कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगित गरिएको जानकारी गराएको छ । अस्पतालले चिनियाँ भेरोसेलको पहिलो मात्रा लगाउने कार्यक्रम आइतबारदेखि बन्द गरिएको जानकारी दिएको हो ।

‘जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंको सूचना अनुसार अर्को सूचना जारी नभएसम्म खोप कार्यक्रम स्थगन गरिएको छ,’ अस्पताल प्रशासनले भनेको छ । पछिल्लो समय कोरोनाविरुद्धको खोप कार्यक्रम व्यवस्थापन प्रभावकारी नहुँदा अनेक समस्या देखा परेका छन् । काठमाडौंस्थित खोप केन्द्रमा यहाँका स्थायी बासिन्दालाई मात्रै खोप हानिएको भन्दै आलोचना भइरहेको छ । डेरा गरेर बस्ने लक्षित उमेर समूहकालाई खोप नदिएर अन्याय गरिएको गुनासो बढिरहेको छ ।

विभिन्न देशबाट खोप आउने क्रम जारी रहे पनि सरकारले व्यवस्थापन प्रभावकारी बनाउन सकेको छैन । चिकित्सकहरुले कोरोनाको दोस्रो लहरले फेरि उचाइ लिन लागेको बताइरहँदा खोप कार्यक्रमले अझै गति लिन सकेको छैन । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले शनिबार एकै दिन २ लाख ८० हजारलाई खोप हानेको जानकारी दिएका थिए । तर उपत्यका र बाहिरका खोप केन्द्रमा पुगेका सयौं नागरिक त्यतिकै फर्किएका छन् । विदेश जानेहरूले समेत समयमा खोप नपाउँदा समस्या भइरहेको छ ।

teku hospital wlZ7zsmVgM

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७