३,१२५ कोरोना संक्रमित थपिए, १,९२५ जना निको, २३ को मृत्यु


१८ श्रावण २०७८, सोमबार
korona

काठमाडौं, १८ साउन । नेपालमा पछिल्लो २४ घण्टामा ३,१२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८११ जनाको नमुना परीक्षण गर्दा ३,१२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार एन्टिजेन विधिबाट ३,१९८ र पीसीआर विधिबाट १० हजार ६१३ जनाको नमुना परीक्षण गर्दा एन्टिजेन विधिबाट ८६४ र पीसीआर विधिबाट २,२७९ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर १,९२५ जना संक्रमण मुक्त भएका छन् भने २३ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म संक्रमितको कुल संख्या पीसीआरबाट ६ लाख ९९ हजार ६४९ पुगेको छ भने एन्टिजेनबाट ६२ हजार ७८३ पुगेको छ । यस्तै संक्रमितमध्ये ६ लाख ५८ हजार १२२ जना निको भएका छन् ।

यस्तै हालसम्म मृतकको कुल संख्या ९,८९८ हुँदा निको हुने दर ९४.१ प्रतिशत रहेको छ । अर्थात हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ६२९ रहेको छ । सक्रिय संक्रमितमध्ये ६९० जना आईसीयू र १७५ जना भेन्टिलेटरमा रहेका छन् । यस्तै २८ हजार ४०५ जना होम आइसोलेशन मै हुँदा ३,२२४ जना भने संस्थागत आईसोलेशनमा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७