ओलीको पक्षमा सर्वोच्चको आदेश, ‘फ्लोर क्रस’ गर्ने कर्णालीका चार एमाले सांसदको पद गयो


१८ श्रावण २०७८, सोमबार
Floor cross samsad

काठमाडौं, १८ साउन । सर्वोच्च अदालतले कर्णाली प्रदेशमा ‘फ्लोर क्रस’ गरेर माओवादी नेतृत्वको सरकारलाई मत दिएपछि एमालेले चार सांसदमाथि गरेको कारबाही वैधानिक भएको ठहर गरेको छ ।

फ्लोर क्रस गर्ने कर्णाली प्रदेशसभाका चार सांसदलाई निष्कासन गर्ने गरी यसअघि दिएको अन्तरिम आदेश सर्वोच्च अदालतले खारेज गरेको हो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएको भ्याकेटमा सुनुवाई गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको इजलासले फ्लोर क्रस गर्ने चार सांसदलाई कारबाही गर्ने एमालेको निर्णयलाई सदर गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७