‘एमाले होइनौं’ भन्दै अदालत गएका टोपबहादुर र लेखराज एमाले स्थायी कमिटी वैठकमै


१८ श्रावण २०७८, सोमबार
amale

काठमाडौं, १८ साउन । सर्वोच्च अदालत पुगेर आफूहरु नेकपा एमालेमा नरहेको र नेकपा माओवादी नछाडेको भन्दै सांसद पद पुनर्बहालीको माग गर्दै बयान दिएका लेखराज भट्ट र टोपबहादुर रायमाझी आज (सोमबार) एमाले स्थायी कमिटी बैठकमै भेटिएका छन् ।

अदालतमा उनीहरुले दायर गरेको रिटमा सुनुवाई भइरहेका बेला ललितपुरको च्यासलमा जारी एमालेको स्थायी कमिटी बैठकमा भट्ट र रायमाझी सहभागी भएका हुन् । पूर्व माओवादीका नेताहरुले आफूहरु नेकपा (माओवादी केन्द्र) मा नै रहेको जिकिर गर्दै बुधबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । नेता रायमाझीले आफूले पार्टी परिवर्तन नगरेको दाबी गर्दै सांसदको हैसियतले काम गर्न दिन माग गरेका छन् ।

नेकपा (एमाले) प्रवेश गरेपछि माओवादी केन्द्रले कारबाही गर्दा रायमाझीसँगै नेताहरु लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको सांसद पद गुमेको थियो । त्योसँगै उनीहरु मन्त्रीबाट पनि पदमुक्त भएका थिए । उनीहरुले यसअघि निर्वाचन आयोगमा नेकपा माओवादी केन्द्र अवैध भएको दावी गर्दै खारेजीका लागि निवेदन समेत दिएका थिए । तर, निर्वाचन आयोगले उनीहरुको नेकपा माओवादी केन्द्र खारेज हुनुपर्ने माग निवेदन नै खारेज गरिदिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७