ईपीएलमा सन्दीपले काठमाडौं किङस–११ को कप्तानी गर्ने


१८ श्रावण २०७८, सोमबार
Sandeep Lamichhane in action

काठमाडौं, १८ साउन । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछानेले चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा काठमाडौं किङ्स–११ को कप्तानी गर्ने भएका छन् ।

काठमाडौंले सन्दीपको जन्मदिनको अवसर पारेर उनलाई कप्तानीको जिम्मेवारी दिएको बताएको छ । काठमाडौंले सोमबार सामाजिक सञ्जालबाट राष्ट्रिय टिमका लेग स्पिनर सन्दीपलाई कप्तानीको जिम्मेवारी दिइएको जनाएको हो ।

सन्दीप यसै सिजनका लागि काठमाडौंमा आबद्ध भएका हुन् । सन्दीपले तेस्रो संस्करणमा ललितपुर प्याट्रियट्सबाट खेलेको थिए । चौथो संस्करणको ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुनेछ । यस पटक काठमाडौंबाट पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदीले समेत खेल्ने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७