फेवातालमा डुंगा पल्टियो, दुई जनाको सकुशल उद्धार


१८ श्रावण २०७८, सोमबार
fewatal uddar MhTaumOeBR

पोखरा, १८ साउन । फेवातालमा डुंगा पल्टिएर फसेका दुई जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । भक्तपुर घर भएका २१ वर्षीय सुगम शर्मा र वर्षा ढुङ्गानालाई सशस्त्र प्रहरीले उद्धार गरेको हो ।

पोखरा महानगरपालिका–१८ स्थित रातोमाटा नजिकै फेवातालमा डुंगा शयर गर्ने क्रममा पल्टिएर तालमा फसेका उनीहरुको सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण कास्कीबाट फेवाताल रेस्क्यु टावरमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त टोलीले तत्काल उद्धार गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७