एमालेले गठन गर्‍यो नौं विभाग, नेपाल पक्षलाई समेटिएन


१८ श्रावण २०७८, सोमबार
amale

काठमाडौं, १८ साउन । नेकपा एमालेले विभिन्न नौं वटा विभाग गठन गरेको छ । आज (सोमबार) बसेको स्थायी कमिटी बैठकले नौं वटा विभाग गठन गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

जसमा पार्टी स्कुल विभाग प्रमुख अध्यक्ष केपी शर्मा ओली छन् भने विदेश विभाग प्रमुख राजन भट्टराई र आर्थिक विभागमा विष्णु रिमाल छन् । विभागमा माधव नेपाल समूहलाई भने समेटिएको छैन । पार्टी एकताको माहोल बनेको खण्डमा अन्य विभागमा नेपाल समूहलाई समेट्न सकिने ज्ञवालीले बताएका छन् ।

एमालेले गठन गरेको विभागमा संगठन विभाग, संसदीय विभाग, आर्थिक विभाग, प्रचार विभाग, पर्यटन प्रबद्र्धन विभाग,स्कुल विभाग, विदेश विभागलगायतका छन् । यस्तै २२ गते विधानबारे नेताहरुले अनौपचारिक छलफल गर्ने उनले बताए । २४ गते बस्ने केन्द्रीय कमिटीमा विधान संशोधन प्रस्ताव पेश गरेर जिल्ला कमिटीमा पठाइने ज्ञवालीले बताए ।

वैठकले पार्टीलाई नयाँ गतिका साथ सशक्त ढंगले अघि बढाउने निर्णय गरेको छ । बैठकले पार्टीलाई नयाँ गतिका साथ अघि बढाउन वडा तहदेखि नै अधिवेशन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख प्रदीप कुमार ज्ञवालीले बैठकपछि जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७