२०७८ साउन १९ गते मंगलबारको तपाईको राशिफल


१९ श्रावण २०७८, मंगलवार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनसक्छ । परोपकारका क्षेत्रमा लगानीको समय छ । मान्यजनको सहयोग प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज आफ्नो प्रयास र काम धन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई प्रयास गर्दा राम्रो हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ । तर्क, विवाद र प्रतिस्पर्धाबाट पनि लाभ हुने छैन ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज कार्य सम्पादनमा सहजता मिल्ने छ । रोकिएका काम सम्पादन हुने योग छ । टाढा रहेका आफन्तसँग प्रविधिमार्फत भेटघाट हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज नयाँ कामका विभिन्न अवसर फेला पर्ने छन् । श्रमको उचित मूल्याङ्कन हुनेछ । पार्टनरसिपमा गरिएको कारोबारले राम्रै फाइदा दिनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
धार्मिक कार्य सफल रहने छ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज नयाँ कार्यको थालनी हुनेछ । सामाजिक कार्यमा सफलता मिल्ने छ । आफन्त र सहयोगीहरूको राम्रो साथ र सहयोग प्राप्त हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज धार्मिक चिन्तन बढ्ने छ । बोलीको प्रभाव पनि बढ्ने छ नयाँ कमको थालनी हुनेछ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउने छन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सुखद् यात्राको योग छ । राज्यबाट मान सम्मान पाइनेछ । दाम्पत्य जीवनमा मधुरता छाउने छ । ढिलै भए पनि अधुरा काम सम्पन्न होला ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
शुभकार्यको चर्चा चल्ने छ । धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । प्रेम जीवन सबल र सफल रहने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज ठीक समयमा सही निर्णय लिन सकिने छ । आँटेको र ताकेको कार्य पुरा होला । अध्ययन अध्यापनको क्षेत्रमा सफल रहने योग छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७