अमेरिकामा हेलिकोप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु


१९ श्रावण २०७८, मंगलवार
2019 03 04 66827 1551698373. large da9ak4UQ91

काठमाडौं, १९ साउन । अमेरिकाको क्यालिफोर्निया राज्यमा हेलिकोप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार आइतबार दिउँसो १ः१५ बजे क्यालिफोर्निया राज्यको कोलुसा जिल्लामा हेलिकोप्टर दुर्घटनामा परेको अधिकारीहरुले जनाएका छन् ।

दुर्घटनामा परी हेलिकोप्टरमा सवार सबै चारै जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनाको कारण खुलेको छैन । दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको र प्रत्यक्षदर्शीहरूलाई सोधपुछ सुरु गरिएको अधिकारीहरुले जनाएका छन् । कोलुसा जिल्ला क्यालिफोर्निया राज्यको केन्द्रमा पर्छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७