अफगानिस्तानमा सरकारी सेना र तालिवान विद्रोहीबीच भीडन्त


१९ श्रावण २०७८, मंगलवार
afgani talibani

काठमाडौं, १९ साउन । अफगानिस्तानमा सरकारी सेना र तालिवान विद्रोहीबीच भीषण संघर्ष भईरहेको छ । विद्रोहीहरुले हेलमण्ड प्रान्तको राजधानी लस्करगाहमा कब्जा जमाएपछि संघर्ष चर्किएको हो । सरकारी सेनालाई अमेरिकी सेनाले हवाई आक्रमणमा सघाईरहेको छ ।

लस्करगाहमा तालिवान विद्रोहीहरुले टेलिभिजन स्टेशन समेत कब्जा गरिसकेका छन् भने सर्वसाधारणहरु शहर छाडेर अन्यत्र गईरहेका छन् । हेलमण्ड प्रान्तमा सवैतिर लडाई जारी रहेको त्यहाँ कार्यरत स्वास्थ्यकर्मीहरुलाई उद्धृत गर्दै वीवीसीले जनाएको छ । अमेरिकी र व्रिटिस सेनाको केन्द्र बनेको हेलमण्डमा तालिवानले कब्जा जमाउनु अफगान सरकारका लागि ठूलै धक्का हुने छ ।

लस्करगाह विद्रोहीले कब्जामा लिएको पहिलो प्रान्तीय राजधानी हो । विद्रोहीहरुले अफगानिस्तानको दोस्रो ठूलो शहर कान्दाहार कब्जा गर्ने कोशिस पनि जारी राखेका छन् । यस्तै अर्को शहर हेरातमा पनि लडाई जारी छ । अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता हुने क्रम शुरु भएपछि तालिवान विद्रोहीले आक्रमण तीव्र बनाउँदै आएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७