धारामा पानी भर्दै गर्दा चट्याङ लागेर बालकको गयो ज्यान


१९ श्रावण २०७८, मंगलवार
chatyang

बैतडी, १९ साउन । चट्याङ लागेर बैतडीमा एक बालकको ज्यान गएको छ । मृत्यु हुनेमा दशरथचन्द नगरपालिका–९ मङरुका ९ वर्षीय भरतराम कोली रहेको बैतडीका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए ।

सोमबार साँझ करिब ७ बजेतिर नजिकै रहेको पधेरोमा पानी भर्न गएका बेला भरतलाई चट्याङ लागेको प्रहरीले जनाएको छ । चट्याङ लागेका बालककोे घटनास्थलमै मृत्यु भएको हो । उनीसँगै पानी भर्न गएका एक अर्का बालिका भने सकशुल रहेका छन् । मृतक बालकको शव घटनास्थलमै रहेको र परीक्षण मंगलबार गरिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७