सिद्धबाबामा पहिरोले जीप पुर्दा सह–चालकको गयो ज्यान


१९ श्रावण २०७८, मंगलवार
sidartha rajmarga pahiro 20

पाल्पा, १९ साउन । सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडक खण्डमा पर्ने सिद्धबावामा पहिरोले जीप पुर्दा एक जनाको मृत्यु भएको छ ।
स्याङ्जाबाट बुटवल आउँदै गरेको लु २ च ७३८७ नम्बरको बोलेरो जीप माथि खसेको पहिरोमा परेर स्याङ्जा वालिङ नगरपालिकाका २३ बर्षीय आशिष खाँण ठकुरीको मृत्यु भएको हो ।

पहिरोले पुरिएका खाँणको लुम्बिनी प्रदेशिक अस्पताल बुटवल ल्याउना साथ साथ मृत्यु भएको लुम्बिनी प्रदेशिक ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक डिल्ली नारायण पाण्डेले जानकारी दिए ।

साँझ ८ बजेतिर भएको घटनामा चालक डिलु थापा सामान्य घाइते भएका छन् । शव र घाइतेलाई लुम्बिनी प्रादेशिक अस्पताल ल्याइएको छ । पहिरो खसेपछि केहीबेर सडक अवरूद्ध समेत भएको थियो । यो क्षेत्रमा पटक–पटक पहिरोका कारण सडक अवरुद्ध हुने गर्दछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७