काठमाडौंमा साउन २२ गतेदेखि भेरोसेलको दोस्रो मात्रा खोप


१९ श्रावण २०७८, मंगलवार
Corona china khop ktm 4 1619625919
फाइल फोटो

काठमाडौं, १९ साउन । काठमाडौंमा साउन २२ गतेदेखि भेरोसेल खोपको दोस्रो मात्रा दिइने भएको छ । साउन २२ गतेदेखि भेरोसेल खोपको पहिलो मात्रा लगाई २१ दिन पुरा भएका व्यक्तिहरुलाई दोस्रो मात्रा दिइने जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले काठमाडौंका सबै पालिकामा दोस्रो मात्रा खोप लगाउने कार्यक्रम सञ्चालन हुने जानकारी दिए ।

उनले दोस्रो मात्रा खोप लगाउने व्यक्तिहरुले अनिवार्य रुपमा विद्युतीय दर्ता नम्बर र पहिलो मात्रा लगाएको खोप कार्ड लिएर खोप केन्द्र जानुपर्ने बताए । त्यसैगरी आज पनि काठमाडौं महानगरपालिकाका वडाहरुमा कोरोना विरुद्धको खोप लगाउने कार्यक्रम सञ्चालन नहुने बताइएको छ ।

स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार काठमाडौं जिल्लामा काठमाडौं महानगरपालिका र बुढानिलकण्ठ बाहेक अन्य पालिकाहरुमा मात्र खोप कार्यक्रम सञ्चालन हुनेछ । अत्यावश्यक सेवामा कार्यरत व्यक्तिहरुको लागि प्रसुति गृह थापाथली, काठमाडौं मेडिकल कलेज सिनामंगल, निजामती अस्पताल बानेश्वर, शिक्षण अस्पताल महाराजगञ्ज र राधास्वामी आइसोलेसन सेन्टर सामाखुसीमा खोप कार्यक्रम सञ्चालन हुनेछ ।

विदेशमा काम गर्न जानेहरुका लागि नेपाल प्रहरी र वीरेन्द्र सैनिक अस्पतालमा खोप केन्द्र तोकिएको छ । तर, वैदेशिक रोजगार, उपचार, अध्ययन वा अन्य कार्यका लागि जाने व्यक्तिहरुले अनिवार्य रुपमा vaccine.mohp.gov.np मा नाम र विवरण भरेर आएपछि मात्र सेना र प्रहरी अस्पतालमा खोप लगाउन पाउने समेत प्रमुख खड्काले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७