आज कहाँ–कहाँ छ बाढीको जोखिम ?


१९ श्रावण २०७८, मंगलवार
badhi 3

काठमाडौं, १९ साउन । नेपालमा मनसुन जारी छ । आज (मंगलबार) पनि देशका चार प्रदेशमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन् । भारी वर्षाका कारण आज महाकाली र कोशीका सहायक नदीहरूमा पानीको बहाव बढ्ने जनाइएको छ । तमोर, लिखु, खिम्ति, दूधकोशी, अरुण नदीमा बहाव बढ्ने पूर्वानुमान छ ।

कमला नदीमा पनि बहाव बढ्ने पूर्वानुमान छ । नारायणी, कर्णाली र यिनका सहायक नदीहरूमा बहाव सामान्य घटबढ हुने तथा सतर्कता तहभन्दा तलै रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती, बबईलगायतमा पनि बहाव सामान्य घटबढ हुने तथा सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ ।

आज इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, भोजपुर, ओखलढुंगा, उदयपुर, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, रसुवा, धादिङ, गोरखा, लमजुङ, तनहुँ, स्याङ्जा, नवलपरासी, रुपन्देही, कपिलवस्तु, पाल्पा, दैलेख, जाजरकोट, बैतडी, डडेलधुरा, डोटी, अछाम, बाजुरा र आसपास जिल्ला भई बहने स–साना नदीहरुमा बहाव बढ्ने छ । केहीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ ।
यस्तो छ आज बाढीको पूर्वानुमान

dfjkmdgm

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७