प्रचण्ड–माधवबीच कोटेश्वरमा भेटवार्ता, सरकारमा सहभागिताबारे निर्णय हुने


१९ श्रावण २०७८, मंगलवार
madhav nepal prachanda scaled

काठमाडौं, १९ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच आज (मंगलबार) विहानै भेटवार्ता भएको छ । यसअघि नेपाल निवास कोटेश्वरमा दुई नेताबीच भेट हुने गरेकोमा आज कोटेश्वरकै एक व्यवसायीको घरमा माधव नेपाललाई भेट्न प्रचण्ड पुगेका हुन् ।

एमाले एकता वा विभाजनको निर्णायक चरणबाट गुज्रिरहेका बेला नेपालसँग प्रचण्डले भेटेका हुन् । नेपालको निर्णय नआएका कारण मन्त्रिपरिषद् विस्तार समेत रोकिएकाले आजको दुई नेताबीचको वार्तालाई निर्णायक मानिएको छ । ‘समसामयिक राजनीतिका साथै सरकारमा सहभागिताको विषयमा दुई जनाबीच मात्रै भेटवार्ता जारी छ,’ स्रोतले भन्यो ।

माधव नेपालमाथि एमालेमै मिल्न दोस्रो पुस्ताका नेताहरुले दबाब दिइरहेका छन् । अर्कोतिर २२ जना सांसदसहितका नेता कार्यकर्ताले सरकारमा जान दबाब दिएकाले नेपाल अनिर्णयमा छन् ।

आजको छलफलपछि माधव नेपालले सरकारमा सहभागिता नजाउने भएमा कांग्रेस, माओवादी र जसपाका मात्र मन्त्री समेटेर मन्त्रिपरिषद् विस्तार गरिने भएको छ । आजै एमालेका नेताहरुले अध्यक्ष केपी ओलीसँग माधव नेपालको वार्ता गराउने प्रयास गरिरहेका बेला बिहानै प्रचण्डसँग भेट भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७