पूर्व ‘मिस नेपाल’ श्रृङ्खला अध्ययनका लागि अमेरिका उडिन्


१९ श्रावण २०७८, मंगलवार
shrinkhala LnCdrESBqV

काठमाडौं, १९ साउन । पूर्व मिस नेपाल श्रृङ्खला खतिवडा अध्ययनका लागि अमेरिका उडेकी छिन् । हारवर्ड विश्वविद्यालयमा अर्बन प्लानिङ अर्थात सहरी विकास विषयमा स्नातकोत्तर अध्ययन गर्न उनी सोमबार साँझ त्यसतर्फ प्रस्थान गरेकी हुन् ।

उनलाई बिदाइ गर्न त्रिभुवन विमानस्थलमा प्रेमी सिसन बाँनिया, परिवारजन र साथीहरु समेत पुगेका थिए । केही अगाडि मात्र उनले विश्वकै चर्चित विश्वविद्यालय हारवर्डमा अध्ययन गर्ने बताएकी थिइन् ।

नेपालमा आर्किटेक्चरमा स्नातक गरेकी उनले हारवर्डबाट अध्ययनको लागि स्वीकृति पाएसँगै सामाजिक सञ्जालमार्फत खुशी समेत साटेकी थिइन् । खुशी साट्दै उनले यो आफ्ना लागि अहिलेसम्मकै ठूलो खुशीको कुरा भएको बताएकी थिइन् ।

खतिवडा सन् २०१८ की मिस नेपाल विजेता हुन् । मिस नेपाल विजेता बनेपछि चर्चामा छाएकी उनले मिस वर्ल्डमा समेत नेपालको प्रतिनिधित्व गरेकी थिइन् । हेटौडामा जन्मेकी श्रृङ्खला एमाले सांसद विरोध खतिवडाकी छोरी हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७