उपराष्ट्रपति पुनसँग प्रधानसेनापति थापाको विदाइ भेट


१९ श्रावण २०७८, मंगलवार
purna chandra nand bdr fK1vagmgdo

काठमाडौं, १९ साउन । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले उपराष्ट्रपति नन्दबहादुर पुनसँग विदाइ भेट गरेका छन् । मंगलबार उपराष्ट्रपति निवासमा पुगेर प्रधानसेनापतिले भेट गरेको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ । विदाइ भेटमा प्रधानसेनापति थापा भावी प्रधानसेनापति प्रभुराम शर्मासँगै उपराष्ट्रपति निवास पुगेका थिए ।

भेटमा उपराष्ट्रपति पुनले प्रधानसेनापति थापालाई शानदारपूर्वक आफ्नो कार्यकाल पूरा गरेको भन्दै बधाई दिए । नेपाली सेनालाई लोकतान्त्रिकीकरण र आधुनिकीरण गर्न अतुलनीय गोगदान गरेको भन्दै थापाको प्रशंसा गरे ।

भदौ २५ गतेबाट प्रधानसेनापति थापाको कार्यकाल सम्पन्न हुँदैछ । तर कार्यकाल सकिनु एक महिनापहिले नै विदा लिने प्रचलनअनुसार प्रधानसेनापति थापाले यही साउन २५ गतेबाट विदामा बस्दै छन् ।

थापा विदामा बस्ने भएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा शर्मालाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिएकी छिन् । भदौ २६ गतेबाट शर्माले प्रधानसेनापतिको रुपमा आधिकारिक जिम्मेवारी लिने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७