स्रोत नखुलेको नौ लाख भारतीय र १८ लाख नेपाली रुपैयाँसहित पक्राउ


१९ श्रावण २०७८, मंगलवार
money nakali

नवलपासी, १९ साउन । नवलपरासी (पश्चिम) को बर्दघाट नगरपालिका–१२, भटौलियास्थित नारायाण चोकबाट स्रोत नखुलेको नौ लाख भारतीय रुपैयाँ र १८ लाख ५० हजार नेपाली रुपैयाँसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा पाल्हिनन्दन गाउँपालिका–२ बस्ने ३५ वर्षीय योगेन्द्र यादव र भारतको उत्तर प्रदेश, ठूटीबारी बस्ने २७ वर्षीय समीर खान रहेका छन् । लु १६ प ३७२९ नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुको साथबाट उक्त रकम फेला पारी पक्राउ गरेको हो ।

उनीहरुलाई आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइने जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम) ले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७