ओली सरकारका सबै जनविरोधी निर्णय देउवा सरकारले खारेज गर्नुपर्छ : रामकुमारी झाँक्री


१९ श्रावण २०७८, मंगलवार
ram kumari

काठमाडौं, १९ साउन । प्रतिनिधिसभा सदस्य रामकुमारी झाँक्रीले केपी ओली नेतृत्वको सरकारले गरेका सबै जनविरोधी निर्णयलाई वर्तमान सरकारले खारेज गर्नुपर्ने बताएकी छिन् ।

आज (मंगलबार) प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले नेतृ उनले भनिन्, ‘सरकारले संविधानलाई ट्रयाकमा राख्न र सही बाटोमा हिंडाउने मात्रै दायित्व बोकेको छैन, पूर्ववर्ती सरकारले गरेका जनविरोधी कार्यहरुलाई खारेजी गर्ने जिम्मेवारी पनि बोक्नु पर्छ ।’

जनविरोधी निर्णयको एउटा उदाहरण झापाको हदबन्दी भन्दा बढी बिक्री गर्ने सरकारले निर्णय भएको उनले बताइन् । उनले सो निर्णय खारेजीको माग गर्दै झापाबाट एक प्रतिनिधि मण्डल नै काठमाडौं आएको उल्लेख गर्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराइन् । यस्तै उनले दार्चुला घटनाबारे पनि सरकारको ध्यानाकर्षण गराइन् ।

तत्कालीन प्रधानमन्त्री ओलीले तुइन युग सकियो भने पनि दार्चुलामा जयसिंह धामीले ज्यान गुमाउनु परेको उनले बताइन् । ‘तुइन युग सकियो भनेर पूर्व प्रधानमन्त्रीले भनेका थिए तर, दार्चुलामा भारतीय एसएसबीका सेनाहरुले तुइन काटेर नेपाली नागरिक महाकालीमा वेपत्ता भएका छन्’, उनले भनिन्, ‘यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७