ओलीले एक वर्षमा तुइन विस्थापित गर्ने हावादारी गफ दिंदा महाकाली घटना : सांसद विक


१९ श्रावण २०७८, मंगलवार
225193033 414671619926970 574217806032605505 n 1FZedWvm2P 1

काठमाडौं, १९ साउन । नेपाली कांग्रेसकी सांसद विमला नेपालीले दार्चुलाको ब्यास गाउँपालिकाबाट साउन १४ गते महाकाली नदीमा तुइन तर्दा जयसिंह धामीको ज्यान गएकोमा सरकारको ध्यानाकर्षण गराएकी छिन् । मंगलबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले घटनाको सत्यतथ्य छानबिनको माग समेत गरिन् ।

सांसद विकले २०७४ सालमा दुई तिहाइ मतका साथ प्रधानमन्त्री बनेका एमाले अध्यक्ष केपी ओलीले आफ्नो पहिलो निर्णय नै एक वर्षभित्र देशभरिका तुइन विस्थापित गर्छु भनेर झुटो आश्वासन दिएको बताइन् ।

सांसद विकले तीन वर्ष प्रधानमन्त्री हुँदा पनि तुइन विस्थापित नहुनुले ओलीको भनाइहरू हावादारी हुने गरेको अहिले आएर प्रमाणित भएको बताइन् । उनले नेतृत्वमा बस्नेले सक्ने कुरा र काम गर्न आग्रह गर्दै जनतालाई झुक्याउने काम नगर्न पनि आग्रह गरिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७