काठमाडौंमा सभा, सम्मेलन र जुलुस नगर्न जिल्ला प्रशासनको आग्रह


१९ श्रावण २०७८, मंगलवार
CDO KTM

काठमाडौं, १९ साउन । जिल्ला प्रशासन कार्यालय काठमाडौंले पछिल्लो समय भीडभाड हुने क्रियाकलाप बढेको भन्दै यस्ता गतिविधि नगर्न सचेत गराएको छ ।

प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले विज्ञप्ति निकाल्दै कोरोना संक्रमणको उच्च जोखिम रहेका बेला पनि विभिन्न सभा, सम्मेलन, धर्ना, जुलुस, गोष्ठी, ¥याली जस्ता गतिविधि भइरहेको भन्दै यसले संक्रमण अझै बढ्नेमा सचेत गराएका हुन् ।

भीडभाडयुक्त गतिविधिले कोरोना संक्रमण अझ उच्च हुन गई तेस्रो लहर आउन सक्ने सम्भावना देखिएकाले स्वास्थ्य मापदण्ड विपरीत यस्ता गतिविधि नगर्न प्रजिअ पराजुलीले आग्रह गरेका छन् ।

प्रशासनको आग्रह अटेर गर्नेमाथि कडा कार्वाही गरिने चेतावनी दिँदै पराजुलीले लेखेका छन्, ‘जारी निषेधाज्ञा र स्वास्थ्य मापदण्डको उल्लंघन गरी गतिविधि गरे÷गराइएको पाइएमा प्रचलित कानून बमोजिम कडा कारबाही हुने व्यहोरा सूचित गरिन्छ ।’

KTM CDO office notice

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७