काठमाडौं उपत्यकाबाट चोरिएका २३ वटा मोटरसाइकल धनीलाई बुझाइयो


१९ श्रावण २०७८, मंगलवार
akfmkmg1627978970

काठमाडौं, १९ साउन । काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट चोरी भएका २३ वटा मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाइएको छ । विभिन्न मितिमा हराएका ती मोटरसाइकल आज महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले सम्बन्धित धनीलाई बुझाएका हुन् ।

चोरीमा संलग्न मानिसलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी वृत्तहरुमा पठाएको र मोटरसाइकलहरु सम्बन्धित धनीलाई सम्पर्क गरी बुझाउने गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७