४१ राजनीतिक दलको दर्ता खारेज (सूचीसहित)


१९ श्रावण २०७८, मंगलवार
dal kharej

काठमाडौं, १९ साउन । निर्वाचन आयोगले विभिन्न ४१ राजनीतिक दलको दर्ता खारेज गरिदिएको छ । आयोगको आज (मंगलबार) बसेको बैठकले साउन २० गतेदेखि लागू हुने गरी ४१ वटा दलको दर्ता खारेज गर्ने निर्णय गरेको हो । अब ९५ वटा दलको मात्र दर्ता कायम रहने भएको छ ।

आयोगले खारेज गरिदिएका प्रत्येक राजनीतिक दललाई ५० हजार जरिवाना समेत तोकेको छ । जरिवाना नतिरेसम्म खारेज भएका दलका केन्द्रीय पदाधिकारीले अरु सदस्यहरु आयोगमा दर्ता कायम रहेका अन्य र राजनीतिक दलको पदाधिकारी बन्न नपाउने समेत निर्णय गरेको छ ।

यस्तै दर्ता खारेज भएका दलहरूको नाम, झण्डा र चुनाव चिन्ह एक वर्षसम्म अरुले प्रयोग गर्न पाउने छैनन् ।
हेर्नुस् दर्ता खारेज भएका दलहरुको सूची

Election commission notice 20210803094322
new 20210803094346

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७