डा. जागेश्वर गौतमको सरुवा सदर, युनिफाइड केन्द्रीय अस्पतालमा डा. भुपेन्द्र बस्नेत


१९ श्रावण २०७८, मंगलवार
dr jageshwor

काठमाडौं, १९ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा रोकिएको भनिएको कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतमको सरुवा सदर भएको छ । बाँकीको सरुवा भने स्थगित गरिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

उनलाई प्रसुती तथा स्त्रीरोग अस्पताल सरुवामा पठाइएको छ भने युनिफाइड केन्द्रीय अस्पतालमा डा. भुपेन्द्र बस्नेतलाई पठाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जानकारी दिएका छन् ।

‘यसअघि सरुवा स्थगित भनिएको थियो’, स्रोतले भन्यो, ‘डा. गौतम बाहेक अरुको सरुवा स्थगित भएको छ ।’ यसअघि स्वास्थ्य मन्त्रालयले समन्वय महाशाखामा डा. विवेकलाल कर्ण र सार्क क्षयरोग केन्द्रमा डा. रिता भण्डारीको सरुवा गरेको थियो । तर प्रधानमन्त्री देउवाले मंगलबार स्थगित गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७