रवीन्द्र मिश्रविरुद्ध विवेकशील साझाका चार नेताको ‘काउन्टर’ प्रस्ताव (पूर्णपाठ)


१९ श्रावण २०७८, मंगलवार
sajha

काठमाडौं, १९ साउन । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रको प्रस्तावविरुद्ध संयोजक मिलन पाण्डेसहितका चार नेताले काउन्टर प्रस्ताव ल्याएका छन् । पार्टी संयोजक मिलन पाण्डे एवं केन्द्रीय सचिवालय सदस्यत्रय केशव दाहाल, डा. राजेन्द्र पंगेनी र रञ्जु दर्शनाले संयुक्त रूपमा नयाँ प्रस्ताव सार्वजनिक गरेका हुन् । वैकल्पिक राजनीतिमा आउन सक्ने वैचारिक विचलन रोक्न भन्दै नेताहरूले नयाँ प्रस्ताव अघि सारेको बताएका छन् ।

केही दिनअघि व्यक्तिगत धारणा भन्दै पार्टी अध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेजी, धर्मनिरपेक्षतामा जनमत सङ्ग्रह गर्नेसम्बन्धी प्रस्ताव प्रकाशित गरेका थिए । ‘मार्ग परिवर्तन’ नामक उक्त आलेखमा प्रस्तावित मूल एजेन्डाहरू पार्टीको उद्देश्य र आधारसँग मेल नखाने भन्दै त्यो दिशातर्फ पार्टी गए वैकल्पिक राजनीतिको मर्म मर्ने र पार्टी दुर्घटनामा पर्ने भएकाले पार्टीलाई मूल बाटोमा फर्काउन यो कदम चालिएको नेताहरुको दाबी छ ।

चार जनाको नामबाट सार्वजनिक गरिए पनि यो प्रस्तावमा पार्टीका अन्य नेतृत्व एवं सदस्यहरूको राय, सुझावलाई पनि अधिकतम रूपमा समेटिएको उनीहरूको भनाइ छ ।

‘वैकल्पिक राजनीतिको मूल बाटो’ शीर्षकको उक्त प्रस्तावमा मिश्रको धारणाले वैकल्पिक राजनीतिलाई गलत दिशामा लैजाने भन्दै गणतन्त्रको सुदृढीकरण, धर्मनिरपेक्षताको रक्षा र संघीयतामा सुधारको विचार बोकेको नयाँ प्रस्ताव अघि सारेको नेताहरूको दाबी छ । तिनै तहका सरकारमा प्रत्यक्ष निर्वाचित कार्यकारी र उत्कृष्टताको आधारमा बन्ने गैर संसद सदस्यको मन्त्रिमण्डलको शासकीय व्यवस्थामा जानुपर्ने उनीहरूको प्रस्ताव छ । मूलतः व्यवस्थालाई दोष दिएर हैन व्यवस्थापनलाई सुदृढ गरेर अघी बढ्नुपर्ने दस्तावेजको सार छ ।

संयोजक पाण्डेले पार्टी सदस्यहरूलाई नयाँ प्रस्तावमार्फत आग्रह गर्दै भनेका छन्, ‘हाम्रो राजनीति आशाको र सम्भावनाको राजनीति हो। त्रासको र षडयन्त्रको राजनीति होइन । नागरिकको लामो संघर्षबाट प्राप्त उपलब्धिहरूलाई ठट्टा ठान्नु ठान्ने हक हामीलाई छैन । हामी व्यवस्था बदल्न हैन नागरिकको अवस्था बदल्न राजनीतिमा आएका हौं । खराब पात्र र प्रवृत्तिलाई प्रतिस्थापन गर्न हामी राजनीतिमा आएका हौ । पात्रहरुको अक्षमताले प्रणालीलाई दोष देखाएर नागरिकको अवस्था बदल्न बनेको पार्टीलाई पुनः व्यवस्था परिवर्तनको नाममा अन्त्यहिन अस्थिरताको खेलमा लैजान सक्दैनौं ।’

प्रस्तावमार्फत पार्टीका अध्यक्ष मिश्रलाई मार्ग परिवर्तनको नाममा विचलित नहुन र वैकल्पिक राजनीतिको मूलबाटोमा फर्किन आह्वान समेत गरेका छन् ।
प्रस्तावको पूर्णपाठ

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७