लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध तेस्रोपल्ट अविश्वासको प्रस्ताव दर्ता (पत्रसहित)


१९ श्रावण २०७८, मंगलवार
thumb 2 1

बुटवल, १९ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले आज (मंगलबार) दिउँसो प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । लुम्बिनीमा यसअघि पनि विपक्षीले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएको थियो ।

thumb 2 1

३४ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित बुझाइएको अविश्वास प्रस्तावमा नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्री प्रस्ताव गरिएको छ । यसअघि साउन १८ गते एमाले नेतृत्वको वर्तमान सरकारको वैधानिकता नरहेको भन्दै विपक्षी गठबन्धनका ४१ जना सांसदले नयाँ सरकार गठनको माग गर्दै हस्ताक्षर बुझाएका थिए ।

Shankar Pokharel शंकर पोखरेल

प्रदेश प्रमुख अमिक शेरचनलाई नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चासहितका दलले ४१ सांसदको हस्ताक्षर बुझाएका थिए । लुम्बिनीमा अहिले एमालेको सरकार उपधारा १ बमोजिम रहेको छ ।

s
s1
s2
s3

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७