डा. आरपी बिच्छा स्वास्थ्य सेवा विभागको महानिर्देशक नियुक्त


१९ श्रावण २०७८, मंगलवार
Department of health service

काठमाडौं, १९ साउन । सरकारले स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. आरपी बिच्छालाई नियुक्त गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय उच्च स्रोतका अनुसार डा. बिच्छालाई स्वास्थ्य सेवा विभागको जिम्मेवारी दिइएको हो । डा. बिच्छा कान्ति बाल अस्पतालमा निर्देशक पदमा कार्यरत थिए ।

यसअघि सरकारले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा. जोगेश्वर गौतमको सरुवा गरेको थियो । डा. गौतमलाई प्रसुती तथा स्त्रीरोग अस्पताल सरुवामा पठाइएको छ भने युनिफाइड केन्द्रीय अस्पतालमा डा. भुपेन्द्र बस्नेतलाई पठाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७