थप कडाइ गर्दै उपत्यकामा थपियो एक साता निषेधाज्ञा, यी काम गर्न नपाइने (आदेशसहित)


१९ श्रावण २०७८, मंगलवार
lock down
फाइल फोटो

काठमाडौं, १९ साउन । काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थपिएको छ । मंगलबार बसेको उपत्यकाका तीनै जिल्ला प्रशासनको संयुक्त बैठकले साउन २७ गते मध्यरातसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो । कोरोना भाइरस संक्रमण बढिरहेका बेला मानिसको लापरवाही बढ्न थालेपछि काठमाडौं उपत्यकाका स्थानीय प्रशासनले कडाइ थालेका छन् ।

मन्त्रिपरिषदको निर्णय, कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ अनुसार यस्तो आदेश जारी गरेको छ ।

यसअनुसार सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, रेस्टुरेन्ट, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्विमिङ पुल, मनोरञ्जन स्थल, संग्रहालय, रंगशालामा हुने दर्शकसहितका खेलकुद र भीडभाड हुने अन्य कार्यक्रम सञ्चालन गर्न नपाइने भएको छ । जात्रा, भोजभतेर, सभा र जुलुस पनि गर्न नपाइने आदेशमा उल्लेख छ । शैक्षिक संस्थामा भौतिक उपस्थितिमा पठनपाठन बन्द गरिएको छ । स्थानीय ढुवानी ९ बजेदेखि बिहान ११ बजेसम्म र अपराह्न ४ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न नपाउने उल्लेख गरेको छ ।

घर बाहिर निस्किँदा २ व्यक्तिबीच कम्तीमा २ मिटरको भौतिक दूरी पालना गर्नुपर्ने, मास्क अनिवार्य लगाउनुपर्ने आदेशमा उल्लेख छ । सार्वजनिक सवारीसाधनमा सिट क्षमतामा यात्रु बोक्न पाउने तर स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने भएको छ ।
हेर्नुस् जिप्रका काठमाडौंको आदेश

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७