माधव नेपालले बोलाए आफू पक्षको केन्द्रीय कमिटी बैठक


१९ श्रावण २०७८, मंगलवार
Madhavkumar Nepal Senior Leader of Uml scaled

काठमाडौं, १९ साउन । नेकपा एमालेलाई बचाउन अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर जान स्थायी कमिटी सदस्यहरुले दबाब दिएपछि नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले केन्द्रीय कमिटीको बैठक बोलाएका छन् ।

भोलि बुधबार विहान ११ बजे शंखमूलको क्वालिटी बेन्क्वेटमा केन्द्रीय कमिटीको बैठक बोलाइएको छ । पछिल्लो समय स्थायी कमिटीका अधिकांश सदस्य पार्टी एकताको पक्षमा छन् । कार्यदलमा रहेका नेपाल समूहका स्थायी कमिटी सदस्यहरुले समेत जुनकुनै हालतमा एमालेमै रहनुपर्ने र ओलीसँगै मिल्नुपर्ने दबाब दिन थालेपछि नेता नेपालले केन्द्रीय सदस्यसँग छलफल गर्न चाहेको बताएका थिए ।

तर, स्थायी कमिटीका सदस्यहरुले स्थायी कमिटीबाटै निर्णय गर्नुपर्ने अडान लिएपछि नेता नेपालले केन्द्रीय कमिटि बैठक बोलाएका हुन् । नेता नेपाल केन्द्रीय कमिटीमा बहुमतमा छन् । नेपाल पक्षमा रहेका अधिकांश केन्द्रीय सदस्यहरु विद्यमान परिस्थितिमा अध्यक्ष केपी शर्मा ओलीसँग मिल्नु नहुने पक्षमा छन् ।

पार्टीभित्र देखिएको विवाद समाधान गर्न बनेको १० सदस्यीय कार्यदलले अध्यक्ष ओली र नेपालबीच मंगलबार छलफल गराउने प्रयास गरिरहेको छ । तर, नेता नेपालले भने बुधबार केन्द्रीय कमिटीको बैठक राखेर केही निर्णय गराउने प्रयास थालेको नेताहरु बताउँछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७