३,३८३ जनामा कोरोना संक्रमण, १,९९४ जना निको, २४ को मृत्यु

काठमाडौं उपत्यकामा ९०४ संक्रमित थपिए


१९ श्रावण २०७८, मंगलवार
korona 1

काठमाडौं, १९ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ३,३८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १६ हजार ७१८ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित फेला परेका हुन् ।

यो अवधिमा १,९९४ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज २४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसहित नेपालमा ९,९२२ जनाको मृत्यु भएको छ ।

corona 20210803123419

यस्तै आज काठमाडौं उपत्यकामा ९०४ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा ६१३, ललितपुरमा १७७ र भक्तपुरमा ११४ जना रहेका छन् । आज देशभर ३२ हजार ५९ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७